देवराज घिमिरे द्वारा पदभार ग्रहण

1 year ago

देवराज घिमिरे द्वारा पदभार ग्रहण

 

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदबहाली गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि घिमिरे सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । सिंहदरबारमा सभामुख घिमिरेलाई संसद सचिवालयका कर्मचारीहरुले स्वागत गरेका थिए । पदबहाली गर्दै सभामुख घिमिरेले सांसदहरुका लागि संसदीय अभ्यास र प्रकृया सम्वन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गर्नुभएको छ । सो क्रममा सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफुले पाएको बताउनुभयो । उहाले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त रहेको धारणा राख्नुभयो ।

घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको थियो ।