केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन दोश्रो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

1 year ago

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन दोश्रो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

 

आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म संचालन हुने जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन् । पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेलले बताउनुभयो । र खेलकुदलाई सहयोग गर्नुभएको बताउनुभयो ।