काठमाडौं ल्याइएका शवहरुको पोष्टमार्टम चल्दै

1 year ago

काठमाडौं ल्याइएका शवहरुको पोष्टमार्टम चल्दै

 

यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये काठमाडौं ल्याइएका शवहरुको पोष्टमार्टम भइरहेको छ ।

पोखराबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ४८ वटा शवको परिक्षण भइरहेको अस्पतालले जनाएको छ । शव पहिचानमा कठिनाइ भएकाले डिएनए परिक्षण गरेर आफन्तजनलाई बुझाउने तयारी गरिएको छ । मृतकका आफन्तलाई आवश्यक जानकारी र समन्वय गर्न शिक्षण अस्पतालमा प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ ।

उक्त दुर्घटनामा परि ज्यान गुमाएका मध्ये २२ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको थियो । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ७१ जनाको शव फेला परेको छ ।