काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह हुने

1 year ago

काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह हुने

 

नेसनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह हुने भएको छ ।

नेसनल प्याव्सन काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी खेलकुद सप्ताहको बारेमा जानकारी गराएको हो । खेलकुद सप्ताहमा काठमाडौं जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिने बताईएको छ । कार्यक्रममा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश गरिएको छ । कार्यक्रमको उद्घाटन माघ १८ गते टुँडीखेलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट हुने बताइएको छ । माघ १८ गते टुँडिखेलमा उद्घाटन समारोहसँगै मार्चपास खेल हुनेछ । त्यसैगरी बास्केट बल माघ १९ गते मनास्लु वल्र्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौं स्कूल अफ सेन्टर स्टेट कालिमाटीमा हुने बताईएको छ । नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष भीष्म पाण्डले विद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले प्रतियोगीता आयोजना गरेको जानकारी दिनुभयो ।

सम्पूर्ण खेलहरु आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ । खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको बताइएको छ ।