कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने

1 year ago

कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने

 

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले अन्य दलहरुसंग छलफल गरेर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाले पार्टीभित्र र अन्य प्रतिपक्षी दलहरुसंग पनि सभामुखको उम्मेदवारका बिषयमा छलफल भइरहेको बताउनुभयो । आफैं उम्मेदवारी दिने वा अन्य दललाई सहयोग गर्ने भन्ने विकल्पमा पनि छलफल भएको र मनोनयन अघि आवश्यक निर्णय लिने उहाको भनाइ छ ।

बैठकअघि आजै कांग्रेस सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो , सभामुख चयनका लागि आज दिउँसो मनोनयन दर्ता हुँदैछ ।