ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेः विश्वप्रकाश शर्मा

1 year ago

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेः विश्वप्रकाश शर्मा

 

नेपाली कांग्रेसका संसद विश्वप्रकाश शर्माले उच्चस्तरीय संयन्त्रको नाममा केपी ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा शर्माले केपी ओलीले शंका गरेजस्तो कांग्रेसले कुनै ढोक्सा नथापेको उल्लेख गर्दै उल्टै ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गर्नुभएको हो । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा नथापेको बरु ओलीले नै माछा पर्ने पिँजडा कसिलो पारेको उहाले बताउनुभयो । त्यस्तै शर्माले सभामुख र शीतल निवासमा प्रतिपक्षीको उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुने र शक्ति सन्तुलन पनि हुने धारणा राख्नुभयो ।

सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गर्नुभयो ।