उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादको उम्मेदवारी दर्ता

1 year ago

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादको उम्मेदवारी दर्ता

 

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा रानामगर र यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ । मनोनयन दर्ता गराउदै रानामगरले जनता र देशलाई भलो हुने गरि निर्णायक भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी हुनुहुन्छ । मनोनयनपछि यादवले पार्टीका सवै नेता तथा शुभेच्छुकलाई धन्यवाद दिदै उपसभामुखमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन शनिबार हुँदैछ ।