उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको छ ।

1 year ago

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको छ ।

 

७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार बिभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चूहावट बढदै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनुभएको हो ।

भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोहि बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चूनौति दिने काम भएको उहाले बताउनुभयो । उहाले वैध व्यापारलाई प्रोत्साहन र चूहावट रोक्न भन्सार बिभागले गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले गत आर्थिक बर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक बर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गर्नुभयो । राजस्व परिचालनमा कमी आउनुमा बिभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले

राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राख्नुभयो । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउदै लक्ष्य भेटाउने काम गर्न उहाले निर्देशन दिनुभयो ।

उहाले भन्सार क्षेत्रलाई थप आधुनिकिकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो । अन्तराष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढदा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उहाको भनाइ छ ।