सुकुम्वासीहरुको दवाव र्याली

1 year ago

सुकुम्वासीहरुको दवाव र्याली

 

विना बिकल्प आफुहरुलाई उठिवास लगाउने काम बन्द गर्नुपर्ने भन्दै सुकुम्वासीहरुले काठमाडौंमा दवाव र्यालीको आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाईमा सोमबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म दवाव र्यालीको आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले वार्ता र सम्वादको ढोका खुल्ला गर्नुपर्ने, भूमि अभियान्ताहरुमाथिको जाहेरी फिर्ता गर्नुपर्ने, आफुहरुलाई उचित बिकल्प दिनुपर्ने माग गरेका छन् । आफुहरुको बिकासको बाधक नभएको भन्दै उनीहरुले नागरिकलाई संविधानले दिएको हक हनन् नगर्न राज्यको ध्यानाकर्षण गराएका छन् । आफुहरु राज्यलाई सहयोग गर्न तयार रहेकाले सवै समस्याहरु वार्ता र संवादबाटै समाधान गर्न पनि उनीहरुले माग गरेका छन् ।

यसअघि काठमाडौं महानगर प्रहरीले थापाथली स्थीत बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो । त्यसयता सुकुम्बासीहरुले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।