पहिला बन्ने प्रधानमन्त्रीको विषयमा छलफल चल्दै छ : प्रचण्ड

1 year ago

पहिला बन्ने प्रधानमन्त्रीको विषयमा छलफल चल्दै छ : प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पहिला को प्रधानमन्त्री बन्ने भन्नेबार सल्लाह भइरहेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताएका हुन् । प्रचण्डले शान्तिपूर्ण र सफल रुपमा निर्वाचन सम्पन्न भएको र सपथ ग्रहण पनि उत्साहपूर्ण ढंगले भएकाले सरकारपनि त्यसैअनुरुप बन्ने र काम गर्ने बताए ।

त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले शक्ति बाँडफाँडको विषय टुंगिनै बाँकी रहेको बताएका छन् । गठबन्धनको बैठक बसेर सवै कुराको टुङ्गो लगाउने उनले बताए । पौडेलले अब आफू संसदमा धेरै केन्द्रित हुने जिकिर गरे ।

यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना रहेको बताएका छन् । गठबन्धनले नै सरकार बनाए आफुहरु प्रतिपक्षीमा बस्न तयार रहेको भन्दै उनले सरकार बन्न नसक्ने अवस्था आएमा र राप्रपाको आवश्यकता परेमा छलफल अघि बढाउने जिकिर गरे ।

उनले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम नआएपनि जिम्मेवारीपूर्वक काम गर्न सांसदहरुलाई निर्देशन दिइएको बताएका छन् ।