नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताउनुभएको छ ।

1 year ago

नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताउनुभएको छ ।

 

शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाले प्रदेशका कम्तीमा एक अस्पतालमा जेष्ठ नागरिकको बिशेषज्ञ उपचार सेवा प्रदान गरिने जानकारी दिनुभयो । किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको भन्दै उहाले अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उहाको भनाइ छ । नेपालको लोकतन्त्रको बहालीका लागि किसुनजीले खेल्नुभएको भूमिकाको स्मरण गर्दै अग्रज नेताहरुसंग काम गर्न पाउनु आफ्ना लागि गौरवको बिषय भएको जिकिर गर्नुभयो ।

जेष्ठ नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवामा सहज र समतामुलक पहुँच सुनिश्चित गर्ने उदेश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुन्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयनमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको