धोविखोला करिडोरमा महानगरको डोजर

1 year ago

धोविखोला करिडोरमा महानगरको डोजर

 

काठमाडौं महानगरपालीकाले काठमाडौंको धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काएको छ ।

बुधबार प्राविधिक र डोजर सहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचनाहरु भत्काएको हो । सो क्रममा करिडोरको सडक नजिकै रहेका घर र टहरालाई हटाइएको छ । महानगरको टोली पुगेपछि केहिले सामानहरु बाहिर निकालेका थिए भने केहिले विना सूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रावधिकको रायको आधारमा सार्वजनिक स्थान मिचेर बनाइएको संरचना हटाइएको बताए । उनले धोविखोला करिडोर लगाएत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमश हटाउदै जाने जानकारी दिए ।

अनधिकृत संरचना हटाउन पटक पटक सूचना जारी गरेपनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उनको भनाइ छ ।