जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव

1 year ago

जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव

 

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको निर्वाचन प्रक्रियाका क्रममा संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध चयन भएका हुन् । यसअघि दलको नेताका लागि सांसद अशोक राई र राज किशोर यादवले पनि दावी गर्दै आएका थिए ।

संसदीय दलको नेता चयन भएपछि यादवले पार्टीको जिम्मेवारीका साथै संसदीय दलको जिम्मेवारी पार्टीको नीति र सिद्धान्तबमोजिम पुरा गर्ने बताएका छन् । उनले राजनीतिक समितिको बैठकले नै सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्ने धारणा राखे । यादवले निर्वाचनमा पार्टीको मत नघटेको दावी गर्दै पार्टीमाथि आएको थप चूनौति सामना गर्न पार्टीलाई संगठीत रुपमा अघि बढाउने उल्लेख गरेका छन् । यसअघि पार्टीले अघि सारेका जनताको माग र मुद्धालाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ छ ।

सांसद यादव बारा क्षेत्र नं। २ बाट नेकपा एमालेको समर्थनमा निर्वाचित भएका थिए ।