जुनिता राईको नेतृत्वमा तदर्थ समिति गठन

1 year ago

जुनिता राईको नेतृत्वमा तदर्थ समिति गठन

 

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

उक्त तदर्थ समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाहरुको अपेक्षाबमोजिम वैधानिक तवरले सहज प्रक्रिया पूरा नभएको आरोप लगाउदै समिति गठन गरेको जनाएको हो । तदर्थ समितिको अध्यक्ष जुनिता राई र महासचिव विनिता आले मगर रहनुभएको छ । संस्था नविकरण नभएको कारण बनाएर २७ सदस्य संगठनहरुलाई महाधिवेशनको बन्दसत्रको हलमा प्रवेश गर्न नदिनु महासंघकै विधानविपरित कार्य भइको समितिले जनाएको छ ।

त्यसैगरि, महासंघको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने सांगठानिक प्रतिवेदन समेत प्रस्तुत गर्न नदिनु अर्को विधानविपरित र प्रचलित विधि, पद्धती र अभ्यासविपरित कार्य भएको तदर्थ समितिका अध्यक्ष जुनिता राईले बताइन् । अध्यक्ष राईले महासंघ आँफै स्वायत्त जातीय संस्थाहरुको साझा संगठन भएको उल्लेख गर्दै कुनैपनि संगठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आँफैमा लोकताीन्त्रक र वैधानिक हुन नसक्ने जिकिर गरिन् ।

अध्यक्ष राईले यो प्रकरणमा न्याय निरुपणको लागि सम्बन्धित निकायमा निवेदन दिएको उल्लेख गरिन् ।