संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन डा. बाबुराम भट्टराइको आग्रह

1 year ago

संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन डा. बाबुराम भट्टराइको आग्रह

 


पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाइ मत माग्ने क्रममा प्रतिक्रिया दिँदै भट्टराईले संविधान नै समाप्त पार्ने शक्ति बिरुद्ध गठबन्धन अघि बढेको भन्दै संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका हुन् । यसपटकको निर्वाचन प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ भएको उनको भनाई छ । गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुने उनले बताए ।

त्यस्तै कांग्रेस नेता सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरेका छन् । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धन अघि बढ्ने उनको भनाई छ ।