संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन कांग्रेस नेता विमलेन्द्र निधिको आग्रह

1 year ago

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन कांग्रेस नेता विमलेन्द्र निधिको आग्रह

 


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बतोएका छन् ।

बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले त्यसको संरक्षण गर्नुपर्ने भएकाले निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका हुन् ।

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाई छ । उनले मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरु उठाएको जिकिर गरे । कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उहनले बताए ।

त्यस्तै कांग्रेस नेता मोहन बहादर बस्नेतले पार्टीमा प्रवेश नेताहरुलाई उचित सम्मान र इज्जत दिने बिश्वास दिलाए । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।