प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दावी गर्नुभएको छ ।

1 year ago

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दावी गर्नुभएको छ ।

 

लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा उहाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताउनुभएको हो । उहाँले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताउनुभयो । उहाँले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । उहाले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै मुलुकको हितका निम्ती निर्वाचनमा बिजयीको झण्डा गाढ्नुपर्ने बताउनुभयो ।

उहाले संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै गठबन्धन बनेको भन्दै

गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको दावी गर्नुभयो ।