नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ ।

1 year ago

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ ।



शनिबार आफुलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन बिभिन्न स्थान पुग्नुभएका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उहाले बताउनुभयो । नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरु पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थीर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राख्नुभयो । तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि बिकास निर्माण लगाएतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उहाको भनाई छ ।

नेता सिंह ७ हजार १४३ मत प्राप्त गरि काठमाडौं क्षेत्र नंवर १ बाट विजयी हुनुभएको थियो ।