गठबन्धन संविधानको रक्षाका लागि बनेको हो : प्रकाशमान सिंह

1 year ago

गठबन्धन संविधानको रक्षाका लागि बनेको हो : प्रकाशमान सिंह

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलको गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले संविधानलाई पूर्ण बनाउनका लागि पनि अव गठबन्धनलाई मौका दिनुपर्ने बताएका थिए । उनले पहिलो र दोश्रो संविधानसभाबाट संविधान बनाउन र त्यसपछिको प्रतिनिधिसभा संविधानलाई पूर्ण बनाउन उपयोग गरेकाले अव चौथो पटक मुलुकको बिकासका लागि गठबन्धन दलहरुलाई मौका दिनुपर्ने धारणा राखे ।

नेता सिंहले अव जनतालाई साथमा लिएर मुलुकको बिकास र समृद्धिको बाटोमा अघि बढ्ने जिकिर समेत गरे ।