केपी ओली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन्

1 year ago

केपी ओली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन्

 

आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरुले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताएका हुन् । शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरवारमा बुझाउने लगाएतका प्रतिगमनका काममात्रै गरेको उनले बताए । त्यस्तै उनले अदालतबाट सेटिङ र जालझेल गरेर आफुलाई सरकारबाट हटाइएको तर्क समेत गरे । ओलीले वर्तमान सरकारले बजेट बनाउने देखि सवै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राखेका थिए । एमाले सरकारले सुरु गरेको बिभिन्न राजमार्ग लगाएतका अन्य बिकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको आरोप छ ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभएर एमालेलाई निर्वाचित गर्नुपर्ने बताएका थिए ।