केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेका छन् : माधव नेपाल

1 year ago

केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेका छन् : माधव नेपाल

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले अहिले एकीकृत समाजवादीको सफलता देखेर ओली आत्तिएको र आक्रोशका साथै बदला पोखिरहेको टिप्पणी गरेका हुन् । अध्यक्ष नेपालले अहिले चूनाव जित्नका लागि एमालेले पैसाको खोलो बगाएको भन्दै आम्दानीको स्रोत लुट र भ्रष्टाचार भएको आरोप लगाए । पैसाले मात्रै चूनाव चित्ने एमालेको मूल्याङ्कन गलत भएको र स्थानीय तहको चूनावमा नै एमालेले ठूलो धक्का खाएको उनको भनाई छ । उनले एमालेले अहिले दक्षिणपन्थी र देशलाई बिखण्डन गर्ने संग साँठगाँठ भएको जिकिर गरे । अध्यक्ष नेपालले अहिले आफुहरुको गठबन्धन अग्रगमन र संविधानको रक्षाका साथै देशलाई बिकासको बाटोमा अघि बढाउने गठबन्धन भएको बताएका छन् । उनले प्रतिगामी र पश्चगामी शक्तिलाई जनतालाई पराजित गर्दै जाने तर्क गरे ।चूनाव जित्न गठबन्धनको मात्रै भरोषा गर्न नहुने र आफ्नै शक्ति बढाउनुपर्ने उनको भनाई छ ।

कार्यक्रमका बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रवेश गराएका थिए ।