काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।

1 year ago

काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।

 

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुडा गरेका थिए । सो क्रममा झपड भएको हो । सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् । घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झपड पछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले उचित बिकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो । तर सुकुम्वासी बस्ती खाली नभएपछि बलपूर्वक हटाउन खोजिएको थियो ।