काठमाडौंको चावहिलमा श्री चन्द्रविनायक र श्री भैरवनाथको जात्रा मनाइयो

1 year ago

काठमाडौंको चावहिलमा श्री चन्द्रविनायक र श्री भैरवनाथको जात्रा मनाइयो

 

काठमाडौंको चावहिलमा श्री चन्द्रविनायक र श्री भैरवनाथको जात्रा मनाइएको छ ।

जात्रा अन्तर्गत शुक्रबार सिन्दूर जात्रा गरिएको छ । करिव ३०० वर्ष पुरानो मानिएको यो जात्रा राजा भुपालेन्द्र मल्लको शासनकालमा सुरु भएको स्थानीयवासीको विश्वास छ । कात्तिक शुक्ल पूर्णिमाका दिनबाट चार दिनसम्म चावहिल क्षेत्रमा जात्रा लाग्ने गर्छ । यो जात्रामा भैरव र गणेशको दर्शन गर्नाले मानव शरीरमा आएका घाउ खटिरा निको हुने विश्वासमा भएकाले भक्तजनको भीड लाग्ने गर्छ । मार्ग कृष्ण प्रतिपदाका दिन बिहीबार गणेश र भैरवको रथ चावहिल क्षेत्रका घर घर पु¥याई पूजा गरिन्छ । मार्ग कृष्ण द्वितीयाका दिन चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरी दिनभर चावहिलका परम्परागत तथा प्राचीन बस्ती रहेको चावहिल बहाल, नाट्यश्वरी मार्ग, भगवानस्थान र मुसे गणेशस्थानमा रथ घुमाइन्छ । यसपछि चन्द्रविनायकको रथलाई पशुपतिनाथ मन्दिर परिक्रमाका लागि लगिन्छ । मार्ग कृष्ण तृतीयाका दिन भने सिन्दूर जात्रा गरेपछि चारदिने जात्रा सम्पन्न हुन्छ ।