सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी: प्रकाशमान सिंह

2 years ago

सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी:  प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको र पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको हो ।

उहाँले केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाँले तोकिएको मितिमा नै पार्टीको महाधिवेशन हुने बताउनुभयो । १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उहाले आफु सभापतिको अभियानमा होमिसकिएको बताउनुभयो ।

तयस्तै उहाँले पार्टी सभापतिले सरकार र पार्टी चलाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले मुलुकमा बाढि पहिरोबाट निकै क्षति पुगेपनि सरकारले उचित ध्यान दिन नसकेको बताउनुभयो ।