मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेःसुवासचन्द्र नेम्वाङ

2 years ago

मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेःसुवासचन्द्र नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको बताउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएका बिधयेक फिर्ता लिएर मुलुक अध्यादेशबाट चलाउन खोजिएको भए सरकार उल्टो बाटो तर्फ लागेको र बेठिक भएको बताउनुभएको हो ।

उहाँले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेश भएको विधेयक फिर्ता लिनु उचित काम नभएको तर्क गर्नुभयो । नेम्वाङले एमालेको विरोधका कारण विधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएको धारणा पनि राख्नुभयो ।

आफ्नो मुद्धा लिएर संसदमा विरोध गरिएको भन्दै विरोधको औचित्य पूष्टि गर्न आफुहरु तयार रहेको उहाँको भनाई रहेको  छ ।

त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका बरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारले संसदीय अभ्यास र मर्यादा भत्काउने काम गरेको आरोप लगाउनुभयो । संसदलाई बिफल बनाउने काम बनाउने भएको भन्दै आफुहरु निकै गम्भीर भएको उहाँको भनाई छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले केहि विधेयक फिर्ता लिएको थियो ।