नेपालमा शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

2 years ago

नेपालमा शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ८ सय ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएका छ । त्यस्तै थप १ हजार ३३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७४ हजार १ सय ७३ संक्रमित निको भएका छन् ।

त्यस्तै हाल १५ हजार ६ सय १४ संक्रमित आइशोलेशन र २ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।