नेकपा एमाले प्रतिनिधि सभाको मंगलबारको बैठकपनि अवरोध

2 years ago

नेकपा एमाले प्रतिनिधि सभाको मंगलबारको बैठकपनि अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको मंगलबारको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।

सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । त्यस्तै एमालेका सांसदहरुले पदीय दायित्व कायम गर , कालोधन चाहिदैन, देश लुट्न पाइदैन् लगाएतका नारा लगाएका थिए ।

विरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाले जनप्रतिनिधिको सर्वोच्च निकाय संसद एवं संसद सदस्यले स्वीकृत विधि, पद्धती पालना गर्नु कुरामा अझै बढि संवेदनशिल एवं प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको थियो ।

एमालेका सांसदहरुको विरोधकाबीच बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठकमा असोज २२ गते शुक्रबार १ बजे बोलाइएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा विरोध गरिरहेको छ ।