जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुव्र्यवहार घटनाको दोषिलाई कारवाहीको माग गर्दै

2 years ago

जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुव्र्यवहार घटनाको दोषिलाई कारवाहीको माग गर्दै

जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुव्र्यवहार घटनाको दोषिलाई कारवाहीको माग गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले काठमाडौंमा प्रदर्शन गरेको छ । 

आइतबार काठमाडौंको माइतिघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुव्र्यवहार बन्द हुनुपर्ने र दुर्व्यवहार घटनाको दोषिलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेको थियो ।

दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गरेको हो ।