काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थाल्यो

2 years ago

काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थाल्यो

काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थालेको छ । निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको विरामीको संख्या बढ्न थालेको हो ।

डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले सचेतनामुलक कार्यक्रम गर्न थालेको छ । काठमाडौं महानगरपालिकाको वडा नंवर २९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताउनुभयो ।

उहाँले कालिकास्थान, घट्टेकुलो लगाएका क्षेत्रमा डेंगुको जोखिम देखिएको जानकारी दिनुभयो । घरको कौशी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उहाँले बताउनुभयो ।

कुनै ठाउँमा सफा पानी २ दिनदेखि तीन दिनसम्म रह्यो भयो डेंगु फैलाउने एजिप्टाइ लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मिने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरुले जनाएका छन् ।