७४० जनामा कोरोना भाइरसको संक्रमण, मृत्युको संख्या ३२

2 years ago

७४० जनामा कोरोना भाइरसको संक्रमण, मृत्युको संख्या ३२

नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेका जानकारी दिनुभयो । शुक्रबार ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उच्चरक्तचाप र पार्किन्सनका ती बिरामीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ३२ पुगेको छ । हाल ३५ हजार चार सय ७२ जना क्वारेन्टाइनमा छन् ।