६२९ जनामा कोरोना संक्रमण, कुल १०,७२८ संक्रमित

2 years ago

६२९ जनामा कोरोना संक्रमण, कुल १०,७२८ संक्रमित

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ ।  कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमले हालसम्म रसुवा बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १, ९२, १९४ वटा पिसिआर परिक्षण भएका छन् भने २,८३,६९६ वटा आरडिटी बिधिबाट परिक्षण गरिएको छ ।