५ दिनका लागि मात्रै विश्वका धनी व्यक्ति बनेका एलन मस्क

2 years ago

५ दिनका लागि मात्रै विश्वका धनी व्यक्ति बनेका एलन मस्क

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले यो ताज केहि दिनको लागि मात्रै पहिरिएका छन् । एकैदिनमा एसेटमा करिव १४ अर्ब अमेरिकी डलरको गिरावटपछि उनी विश्वको दोश्रो धनी व्यक्तिमा झरेका छन् ।

इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाका फाउण्डर अर्बपति एलन मस्क अब विश्वको दोश्रो धनी व्यक्तिमा झरेका हुन् । पहिलो स्थानमा फेरि अमेजनका फाउण्डर जेफ बेजोस नै रहेका छन् ।

फोर्ब्स म्यागजिनका अनुसार सोमवार टेस्लाको शेयरमा करिव ८ प्रतिशत गिरावट आएको थियो । जसका कारण मस्कको नेटवर्थ घटेर १७६.२ अर्ब अमेरिकी डलर भएको हो ।

एलन मस्क बेजोस भन्दा अब ६ अर्ब डलर पछि छन् । उनको नेटवर्थ १८२.१ अर्ब अमेरिकी डलर रहेको छ । मस्क गत हप्ताको बिहीवार मात्रै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए ।