४६३ मा कोरोना पुष्टि, जम्मा संख्या १२,७७२

2 years ago

४६३ मा कोरोना पुष्टि, जम्मा संख्या १२,७७२

नेपालमा आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३ महिलासहित एक सय ७९ जना डिस्चार्च भएको प्रवक्ता गौतमले बताउनुभयो । योसँगै नेपालमा हालसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ । नेपालमा पीसीआर विधिबाट हालसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट सम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।