४५१ नयाँ संक्रमित , कूल संक्रमितको संख्या ६२११

2 years ago

४५१ नयाँ संक्रमित , कूल संक्रमितको संख्या ६२११

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४५१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार ३५ महिला र ४१६ पुरुष गरेर ४५१ जना नयाँ संक्रमित थपिएका छन् । उहाँले हालसम्म नेपालमा १ लाख ३८ हजार ६८३ पीसीआर परीक्षण भएको बताउनुभयो । त्यस्तै २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएका छन् । 

पछिल्लो २४ घण्टामा ५ हजार ३०६ पीसीआर र ८ हजार ६१५ आरडीटी विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म एक हजार ४१ जना डिस्चार्ज भएको प्रवक्त गौतमले बताउनुभयो ।

देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन् ।