२ जनाको मृत्यु, ४३४ जनामा कोरोना संक्रमित

2 years ago

२ जनाको मृत्यु, ४३४ जनामा कोरोना संक्रमित

नेपालमा पछिल्लो बिहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका ४३४ सहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । हाल क्वारेन्टाइनमा ७२ हजार २२ जना र  आइशोलेशनमा ८४४६ जना रहेको मन्त्रालयले जनाएको छ।