२३२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३२

2 years ago

२३२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३२

नेपालमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । थपिएका सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ । यस्तै कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो ।

त्यस्तै गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।

पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार मृत्यु भएको हो । योसँगै नेपालमा ३४ कोरोना संक्रमितको  मृत्यु भएको छ । हाल क्वारेन्टाइनमा ३३ हजार १२५ जना र आइशोलेशनमा ९०४२ जना छन् ।