१८० जनामा कोरोना संक्रमित, ३५ जनाको मृत्यु

2 years ago

१८० जनामा कोरोना संक्रमित, ३५ जनाको मृत्यु

सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ ।

देशका बिभिन्न प्रयोशालामा गरिएको परिक्षणका क्रममा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमितहरुमा काठमाडौंमा २४, ललितपुरमा २० , भक्तपुरमा १० जना समेत रहेका छन् । थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

सोमबार थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ । त्यस्तै कोरोनाबाट बाग्लुङका २९ बर्षिय पुरुषको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

हालसम्म ६८११ डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ घण्टामा ४७२१ पिसिआर परिक्षण गरिएको छ भने आइशोलेशनमा ९११८ जना रहेका छन् ।