१५ जनाको मृत्यु, कुल ४०८५ कोरोना संक्रमित

2 years ago

१५ जनाको मृत्यु, कुल ४०८५ कोरोना संक्रमित

नेपालमा मंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका सहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको उहाँले बताउनुभयो । त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतलले बताउनुभयो ।

नेपालमा हाल १ लाख ६ हजार तीन सय ३! र आरडीटि १ लाख ६६ हजार १ सय ५८ जनाको कोरोना परिक्षण गरिएको छ । त्यस्तै हाल आइशोलेशनमा ३४८७ जना रहेका छन् ।