हाल सम्म विश्वको कोरोना भाइरसको अपडेट

2 years ago

हाल सम्म विश्वको कोरोना भाइरसको अपडेट

स्वास्थ्य क्षेत्रमा विश्वका लागि चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ३३ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने १ करोड १३ लाख ८६ हजार ४३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६४ लाख ४५ हजार ५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ४८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार ३१८ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ३५ हजार ७७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १२ लाख ६० हजार ४०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार १७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १५ लाख ७८ हजार ३७६ जनालाई संक्रमण भएको छ भने ६४ हजार ३६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २७ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ७४ हजार ५१५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ४६ हजार ८७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९७ हजार ६२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार १९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार ९०० जनालाई संक्रमण भएको छ । त्यहाँ २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८५४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ४१९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९१ हजार ९४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८१ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार ४१८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८१ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १९ हजार २७९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ७३ हजार ९०४ जनालाई संक्रमण भएको छ । भारतमा ४ लाख ९ हजार ६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार २०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४ हजार ६१० जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७९ हजार ४९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ३० हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५२ हजार १६५ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५२३ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ९१४ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ५२ हजार ३०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ १ लाख २५ हजार ९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७७१ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ८३८ जनालाई संक्रमण भएको छ । त्यहाँ १७ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार ३३५ जनालाई संक्रमण भएको छ । त्यहाँ २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।