सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ : प्रभु बैंक

2 years ago

सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ : प्रभु बैंक

प्रभु बैंकले सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको छ ।

कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ ।

कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो ।

विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुको शेरचनले बताउनुभयो ।  पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई एक लाख र विद्यालय शिक्षकलाई चार रुपैयाँ कर्जा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

बैंकले मंगलबार १० जना महिला सफा टेप्पो महिला चालकलाई बैंकमै बोलाएर एक लाख रुपैयाँ कर्जा दिएको छ । दुई वर्ष अवधिको यो कर्जा ६ महिनापछि महिनावारी किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका लागि सक्कल नागरिकता र तमसुक गरेर प्रदान गरिनेछ । एकजनाले एक लाख रुपैयाँसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।