संसद विघटन विरुद्ध विवेकशिल साझा पार्टीको सोमबार पनि विरोध प्रदर्शन

2 years ago

संसद विघटन विरुद्ध विवेकशिल साझा पार्टीको सोमबार पनि विरोध प्रदर्शन

संसद विघटनविरुद्ध विवेकशिल साझा पार्टीले सोमबार पनि विरोध प्रदर्शन गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि साझा पार्टीले माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । साझाले आइतबार पनि बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको थियो । माइतिघरमा भएको प्रदर्शनमा प्रदर्शनकारीले  प्रधानमन्त्रीलाई कसैले संवैधानिक परामर्श देउ लगायत नारा लगाएका थिए ।