संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक

2 years ago

संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक

नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटन विरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठाएको छ । 

शुक्रबार काठमाडौंको माइतिघरदेखि जुलसका साथ बबरमहल पुगी नेकपा काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठाएको हो ।

नेकपा काठमाडौंका इन्चार्ज सावित्रा भुसाल र सचिव हिमाल शर्माले काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्रका साथै संविधान हस्तान्तरण गर्नु भएको थियो ।

मुलुकको कार्यकारी ओहोदामा रहेर पनि संविधानको रक्षा र कार्यान्वयन गर्नुका साटो मुलुकलाई अस्थिरता तर्फ ढकेल्ने योजना मुताविक प्रधानमन्त्रीले अधिकार नै भएको कदम चालेको भन्दै संविधानको पुस्तक पठाइएको नेकपा काठमाडौंका सचिव हिमाल शर्माले बताउनु भयो ।

उहाँले उक्त कदमले जनताको मतको अपमान भएकाले सो कदमलाई सच्चाउनका लागि संविधान पढ्न सुझाव दिदै संविधानको पुस्तक पठाइएको उल्लेख गर्नुभयो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित संघर्ष समितिको गत पुष १८ गते बसेको बैठकले पुष २० गतेदेखि माघ २३ गतेसम्मका लागि तय गरेको दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शुक्रबार विरोध पत्र सहित संविधानको पुस्तक पठाइएको नेकपाले जनाएको छ ।