संसद विघटन विरुद्ध प्रचण्ड–नेपाल समूहको आन्दोलन सुरु

2 years ago

संसद विघटन विरुद्ध प्रचण्ड–नेपाल समूहको आन्दोलन सुरु

नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटन विरुद्ध आन्दोलन सुरु गरेको छ । 

पहिलो चरणको आन्दोलन स्वरुप शुक्रबार नेकपाका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिनु भएको छ ।

पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी हुनुभएको हो ।‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु सडकमै बसेका थिए । 

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार नेताहरुले माइतीघरबाट आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड–नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।