संसद विघटनको विरोधमा नेपाली कांग्रेसको आज देशभर प्रदर्शन

2 years ago

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको आज देशभर प्रदर्शन

संसद विघटनको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै  छ । १६५ वटै  निर्वाचन  क्षेत्रमा  कांग्रेसले विरोध प्रदर्शन गर्दै छ ।

विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा नजाने बताएको छ ।  देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएको छ ।