सांसदहरूको पीसीआर परीक्षण

2 years ago

सांसदहरूको पीसीआर परीक्षण

प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बुधबार बिहानसम्म सभामुख अग्नि सापकोटा, एमाले नेता माधवकुमार नेपाल, योगेश भट्टराईलगायत सांसदका साथै कर्मचारीहरुले कोरोना परिक्षण गरेका छन् ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।