स्वास्थ्य मापदण्ड पालनाका बारेमा सिडिओ को अनुगमन

2 years ago

स्वास्थ्य मापदण्ड पालनाका बारेमा सिडिओ को अनुगमन

सरकारले सवै प्रकारका यात्रुबहाक सवारी साधानमा पूर्णक्षमतामा यात्रुराखि सञ्चालन गर्न पाउने निर्णय गरेसंगै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले काठमाडौंको कोटेश्वर गौशला लगाएतका क्षेत्रमा सार्वजनिक यातायातमा रहेका यात्रु तथा चालकहरुले स्वास्थ्य मापदण्ड पालनाका बारेमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माक्स नलगाइन सार्वजनिक यातायातको प्रयोग गर्नेलाई रु एक सय जरिवाना पनि गरिएको थियो ।

त्यस्तै यात्रुबाट तोकेभन्दा बढि भाडा लिने सवारी साधानलाई पनि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासनिक अधिकृत बिष्णुराज बेल्वासेले जानकारी दिनुभयो । अनुगमनका क्रममा कोटेश्वरमा रहेको बस काउन्टरमा यात्रुको अवस्था, भाडा दर लगाएतका बारेमा जानकारी लिइएको उहाँले बताउनुभयो ।

चाडवाडमा हुनसक्ने ठगीका साथै कोरोना महामारीमा जनताको जिवनयापनलाई सहज बनाउनका लागि निरन्तर अनुगमन गरिने प्रशासन कार्यालयले जनाएको छ ।