सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ खास्ताप गाउँपालिकामा प्राथमिक अस्पतालको उद्घाटन

2 years ago

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ खास्ताप गाउँपालिकामा प्राथमिक अस्पतालको उद्घाटन

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थित खास्ताप गाउँपालिका प्राथमिक अस्पतालको उद्घाटन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले १५ शैयाको अस्पताल उदघाटन गर्नु भएको हो ।

खास्ताप स्थित ईलाका स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरि संघीय सरकारको सहयोगमा उक्त अस्पताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्राथमिक हस्पिटलले साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरिलाई सुविधा सम्पन्न आखा क्लिनिक समेतको सेवा प्रवाह गर्ने गाउँपालिका बुद्धिकिरण राईले बताउनु भयो ।  हाल एक जना एम.बि.बि.एस. डाक्टरको प्रतक्ष्य संलन्नतामा रहि १५ जना जनशक्ति सहित स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ । 

प्राथमिक हस्पिटलले उपचारका लागि काठमाडौं नै जानुपर्ने अवस्थाको अन्त्य भएको माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगरले बताउनुभयो ।

उक्त गाँउपालिकामा यस अगाडि आर्युवेदिक शाखाको बिस्तार गरिएपनि प्रशस्त स्वास्थ्य सम्बन्धि भौतिक संरचना तथा जनशक्ति अभावका कारण सञ्चालनमा आउने भने सकेको थिएन् ।