सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने मिनेन्द्र रिजालको विश्वास

2 years ago

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने  मिनेन्द्र रिजालको  विश्वास

विपक्षी दल नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन्  । डा.रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे ।उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ ।

मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन , डा. रिजालले आगामी फागुनमा काँग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने बताउनु भयो ।