सुर्खेतमा बर्डफ्लु देखियो

2 years ago

सुर्खेतमा बर्डफ्लु देखियो

वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।

पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताएको छ । ‘सुर्खेतमा पनि बर्डफलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ र बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको अधिकारी चपाईले बताएको छ ।

बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको चपाईले बताएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए ।