सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रधानमन्त्री भनाई

2 years ago

सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रधानमन्त्री भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनु भएको छ । 

बिहीबार बालुवाटारमा नेकपाले आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनु भएको हो ।

भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफुलाई घेराबन्दीमा पारिएको उहाँले बताउनुभयो ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गर्नुभयो । उहाले आफूसँग मिल्न आए ठाउँ खाली राखिएको र कसैलाई नहटाइएको बताउनुभयो ।

त्यस्तै उहाँले संसद पुनर्स्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद विघटन पुनर्स्थापना हुने सम्भावना नरहेको धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राख्नुभयो ।